भारतको उत्तर खण्ड केदारनाथ मन्दिरमा भगवान शिवजीको ढाड, त्यस्तै नेपालको भक्तपुरको सिपाडोलमा शिर तथा पाऊबाट शिर सम्म पुरै अंग भएको संसारको एक मात्र मन्दिर दोलखाको चरिकोट नजीकैको हालको रामकोट भन्ने ठाउँमा पर्दछ । यस मन्दिरको महिमा उरु मन्दिर भन्दा अलिक भिन्न छ । भगवान भोलेनाथ आफ्ना सबै गणहरु लिएर यस ठाउँमा विराजमान हुनु हुन्छ जहाँ भोलेनाथको शिरबाट पवित्र गंगा पनि बगेकि छिन् । यस ठाउँको जल संसारको जलमध्ये सबभन्दा पबित्र जल मानिन्छ । यो जल लगेर अरु देवि देवताको मन्दिरमा चढाएमा धेरै पुन्य मिल्दछ, तथा आफ्नो घर र व्यापार व्यवशाय गर्ने ठाउँमा छर्केमा जलेश्वर महादेव स्वयं आइ शुभ तथा रक्षा गरिदिनु हुन्छ । भन्ने भक्तजनहरुको विश्वास छ ।
सत्य युगमा सतीदेवीको शरीर हजारौं बर्ष बोकि सबै अंग पतन भए पछि भगवान भोलेनाथले दश हजार बर्ष (भौंतारींदै) पृथ्वी भ्रमण गर्ने क्रममा यस ठाउँको पवित्र जल ग्रहण गरि बिस्राम गर्नु भएकोले वहाँको नाम जलेश्वर महादेव रहन गएको हो । यहाँका महादेवलाई सवै भन्दा शक्तिशालि महादेव मानिन्छ किनकि यस ठाउँमा भगवान शिवजी सत्ययुग देखि नै विराजमान हुनु हुन्छ तथा यसै ठाउँमा वहाँको सवै अंग पाऊबाट शिर सम्म एउटै शिलामा छन् र सबै आफ्ना गणहरु सहित बाबा भोलेनाथ यस ठाउँमा हुनु हुन्छ भन्ने भक्तहरुको पुर्ण विश्वास छ ।
आफ्नो जीवनकालमा कम्तिमा एक पटक
श्री जलेश्वर महादेव को दर्शन गरौं ।
जय श्री जलेश्वर महादेव ! Previous
जय श्री जलेश्वर महादेव !जय श्री जलेश्वर महादेव !जय श्री जलेश्वर महादेव !जय श्री जलेश्वर महादेव !
Saturday, May 10, 2014
Home »
» श्री जलेश्वर महादेव को दर्शन गरौं र पुण्य कमाऔं ।
श्री जलेश्वर महादेव को दर्शन गरौं र पुण्य कमाऔं ।
11:06 AM
No comments
Related Posts:
Shree Jaleshwor Mahadev … Read More
श्री जलेश्वर महादेव को दर्शन गरौं र पुण्य कमाऔं ।भारतको उत्तर खण्ड केदारनाथ मन्दिरमा भगवान शिवजीको ढाड, त्यस्तै नेपालको भक्तपुरको सिपाडोलमा शिर तथा पाऊबाट शिर सम्म पुरै अंग भएको संसारको एक मात्र मन्दिर दोलखाको चरिकोट नजीकैको हालको रामकोट भन्ने ठाउँमा पर्दछ । यस मन्दिर… Read More
Introduction Normal 0 false false false EN-GB X-NONE X-NONE … Read More
0 comments:
Post a Comment